ट्रकको ब्रेक फेल भएपछी ट्याक्सी , स्कुटर र बाइकलाई पिसेपछी , ५ जनाको मृत्‍यु । शेहर गरी रिप लेख्नुहोला ।


http://sajhasabal.com/uploads/posts/
गुर्जुधारा, ४ चैत । काठमाडौंको गुर्जुधारामा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार दिउँसो थानकोट हुँदै काठमाडौं भित्रिएको ट्रकले अन्धाधुन्दा ठक्कर दिँदा कम्तीमा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




मे १ ख २४३९ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा ७ जना मानिसहरु परेको हुनसक्ने अनुमान गरिएको छ । ट्रकले ट्याक्सीसहित अन्यत्र पनि ठक्कर दिएकोले गर्दा बटुवाहरु पनि परेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाको सनाखत भइसकेको छैन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment