कतारमा केरा भित्र एच आइ भी किटाणु भेटियो ? यस्तो छ वास्तविक तथ्य....बिदेशी तथा स्वदेशी दाजुभाइ तथा दिदी बहिनी माझ खबर पुर्‍याउन का लागि सक्दो शेयर गरी सहयोग पुर्‍याउनु होला।।

तपाईले कतारमा HIV भएको केराको बारेमा हल्ला चलेको थाहा पाउनु भयो ? आजभोलीको जमानामा कसैलाई बेबकुफ बनाउन एकदमै सजिलो भएको छ ! इन्टरनेटको माध्यम द्वारा मान्छेलाइ सजिलै बेबकुफ बनाउन सकिन्छ ! केहिदिन पहिले कतारमा सुनामी आउने र कतारलाई ठुलै क्षतीहुने बारेमा सामाजिक संजालमा अफवाहनै फैलिएको थियो भने आजभोली आएर इन्जेक्शन द्वारा एच आइ भी को किटाणु केरा भित्र राखेर बिक्रि वितरण भैरहेको हल्लाले कतारको सामाजिक संजाल तातिएको छ ! कतारमा सुनामी आउने भन्ने हल्ला भने ह्वाटसप सामाजिक नेटवर्कमा अत्याधिक चर्चा पाएको थियो तर यसपाली भने फेसबुक लगाएतका विभिन्न सामाजिक संजालमा हल्ला फैलिएको थियो !कतार सरकार सामाजिक स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा अरबी भाषामा भनेको छ, सामाजिक संजालमा चर्चा चलिरहेको एच आइ भी किटाणुले भरिएको केरा बारे कसैलाई विस्वास नगर्न भनेको छ ! उक्त अफवाहको सत्य तथ्य पत्ता लगाउन कतार सरकार विशेषज्ञनै खटाएको थियो ! विशेषज्ञको भनाइ अनुसार, केरा भित्र देखिने रगत जस्तो तत्व सामान्य फंगल संक्रमण भएर त्यस्तो देखिएको अथवा केरामा मिनिरल्सको कमीले गर्दा कलर परीवर्त भएकोले त्यस्ता हावादारी कुराहरुमा विस्वास नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ! अरबी पत्रिका दि पेनिन्सुलाले जनाय अनुसार, सामाजिक संजालमा फैलिएको मेसेज केरा भित्र रगत रातो रंगको HIV का किटाणुले भरिएको र उक्त केरा कसैले नखान भनि भनिएको थियो .
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment