इराकमा नेपाली युवतीको तस्कारी, १० युवती एक महिनादेखि उद्धारको पर्खाइमाको उद्धारको लागि सबैले १ /१ सेहर गरि सहयोग गर्नुहोला !

काठमाडौं, फागुन । मानव तस्कार समुहबाट इराक पुयाइएका १० नेपाली युवती एकमहिनादेखि अलपत्र पारेका छन् । एक महिना अघि उनीहरुले उद्धारका लागि आग्रह गरे पनि अहिलेसम्ममा उद्धार हुन सकेको छैन । पछिल्लो समय बैदेशिक रोजगारीको प्रलोभनमा नेपाली युवती इराकमा पुरयाएर बिक्री हुने क्रम बढेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– अलपत्र युवतीहरुको उद्धार हुन नसकेपनि यसबीच प्रहरीले उनीहरुलाई इराक पठाउने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रसुवा स्याफ्रुबेसीका साम्देन लामालाई महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेको हो । अलपत्र पारेका सबैलाई उनले नै इराक पठाएका हुन् । अलपत्र पारेकाहरुले खाना खानसमेत नपाएको तथा केटाकेटी घरमा बन्धक बनाएर शोषण गारिएको बताएका छन् । उनीहरुको उद्धारका लागि शक्ति समुहले पहल गरिरहेको छ । तर, इराक द्वन्द्वग्रस्त मुलुक भएको र त्यहाँ दुताबाससमेत नभएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पीडितहरुमा धेरै रसुवा र सिन्धुपाल्चोकका युवतीहरु छन्।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgIadXkUjmticPDScjAdLgChCKuHT96ohHiZtat8hZOsL7utB1yFcsXwOfLE6b5UGmeY-_TBWM1-i8CS-BojNebCUsCb6X1FJDLnazDZoIieop9VRWCYqnmhdA8PfQ46TGx7w9GymQWGlga/s640/
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment