साउदीले आजबाट गैरकानुन रुपमा रहेकालाई माफि दिएपछी खुशी हुँदै नेपालीहरु साउदीमा । ९० दिन भित्र नेपाल फर्कन पर्ने ।




साउदीले आजबाट गैरकानुन रुपमा रहेकालाई माफि दिएपछी खुशी हुँदै नेपालीहरु साउदीमा । ९० दिन भित्र नेपाल फर्कन पर्ने ।

चैत्र १६, २०७३- साउदी अरबले गैरकानुनी हैसियत कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणालाई बुधबारबाट लागू गरेको छ ।

साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले गत हप्ता गैरकानुनी हैसियत भएकालाई आममाफी दिने घोषणा गरेका थिए । सरकारले तीन वर्ष अगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए । १९ मार्चसम्म हरुवा लागेर, अकामा नबनेर, म्याद सकिएका अकामा नवीकरण नभएर अलेखबद्ध/अवैधानिक भएका कामदारले आममाफीमा सहभागी हुन पाउने नेपाली दूतावासले जनाएको छ ।

राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । आन्तरिक मन्त्रलायका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नको लागि १९ वटा निकायहरु तोकिएको बताए ।

साउदीको राहदानी तथा अध्यागमन विभागले सबै तयारी पूरा गरिसकेपछि मात्रै ती कामदार स्वदेश फिर्न पाउने उनले बताए । ‘जो कामदारसँग आफ्नो आवासीय अनुमति छैन । उनीहरु तुरुन्तै नजिकको राहदानी विभागमा सम्पर्क गर्न सक्नेछन्,’ उनले भने । भागेका कामदार जेल बसेर स्वदेश फिर्न निकै कठिन भोग्दै आएका छन् । साउदीबाट जेल बसेर हरेक दिनजसो दुई दर्जन नेपाली फर्किरहेका हुन्छन् । तीन वर्षअघि साउदीको आममाफीमा झन्डै २५ लाख आप्रवासी सहभागी भएका थिए ।
source..kantipur
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment