भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि नेपाली पक्ष आक्रोशित हुँदा दुई पक्षबीच वार्ता प्रयास सफल हुन सकेको छैन । अहिले दुबै पक्षले वार्ताको पहल गरिरहेका छन् । त्यसका लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोनहर प्रसाद खनाल र पत्रकारको टोली घटनास्थलतर्फ जाँदैछन् ।
तस्बिर: स्थानीय पत्रकार हरिशचन्द्र बाखभारतीय प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । भारतीय पक्षको ढुंगा प्रहरबाट दुई प्रहरी र ३ जना स्थानीय घाइते भएका छन् । ढुंगाले लागेर प्रहरी निरिक्षक राम खत्रीको टाउकोमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण विक घाइते भएका छन् ।
घटनाको विरोधमा स्थानीय नेपालीले अहिले भारतीय दादागिरीका विरुद्ध नारावाजी गरिरहेका घटनास्थलमा रहेका स्थानीय पत्रकार हरिषचन्द्र बाखले जनाएका छन् ।

नेपालीले भारतीय हस्तक्षेप मुर्दावाद, एसएसबी मुर्दावाद जस्ता नारा लगाईरहेका छन् । नेपाली सुरक्षार्कीले नेपाली पक्षलाई धैर्यता कायम राख्न र संयमित हुन आग्रह गरिरहेका छन् ।

एक नेपालीले दशगजामा नेपालको राष्ट्रिय झण्डा गाडेका छन् । अहिले दुबै पक्ष आफ्नै क्षेत्रमा उभिएका छन् । हरेक भारतीय प्रहरीको हातमा हतियार हुने तर नेपाली प्रहरी लट्ठि लिएर लड्नु पर्ने भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।

अहिले दुबै तर्फको भिडलाई तितरवितर पारेर वार्ताको पहल भइरहेको पत्रकार बाखले जनाएका छन् । नेपाली भूमिलाई समेत आफ्नो भनेर कल्भर्ट निर्माणमा अवरोध गर्ने भारतीय पक्षको ज्यादती विरुद्ध उत्रिएका नेपाली माथि एसएसबीले गोली चलाएको हो ।
केही दिनअघि नेपाल—भारत सीमाका स्थानीयबीच कल्भर्ट बनाउने सहमति भए अनुसार कल्भर्ट निर्माण गरिरहेका नेपालीमाथि भारतीय पक्षले अवरोध गरेपछि समस्या भएको हो ।

एसएसबीले नेपालीले कल्भर्ट निर्माण गरिरहेको क्षेत्र भारतको भूमिमा पर्ने भन्दै काम रोक्न धम्की दिएको र हिजो साँझ नेपालीका घरघरमा पसेर धम्क्यांउदै केहीलाई कुटपीट गरेपछि नेपाली नागरिक प्रतिरोधमा उत्रिएका हुन ।
भारतीय ज्यादती विरुद्ध बिहान नारावाजी गर्दा एसएसबीका जवानले लाठीचार्ज गरेपछि स्थानीयले पनि ढुँगामुढा गरेर प्रतिवाद गरेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले जानकारी दिए ।
![]() |

0 comments:
Post a Comment