थारु र मधेसी मोर्चाको तराई बन्दको प्रभाब बढ्दै।[सक्दो सेयर गर्नुहोस्]








बारा/कलैया/११/= थारु लगायत संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधनहरु चलेका छैनन् ।शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् ।
बारा, पार्सा, रौतहट , सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । कलैयामा बीरगंजबाट सिम्रौनगढ़तर्फ जाने गाडी चलेका छैनन् ।

बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन् ।
बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि थारु र संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो । आह्वान गरेको थरुहट तराई / मधेस बन्दको पूर्वसन्ध्यामा मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेको हो ।

कलैया स्थित मछ्छ्हट्टा चौकबाट निस्केको मशाल जुलुस कलैयाको बिभिन्न ठाँउकोे परिक्रमा गरी भरत चौकमा सम्पन्न भएको थियो।त्यस्तै वीरगँजमा पनि आज सवारी साधनहरु ठ्प्प हुनुको साथौ पसलहरु बन्द रहेको छ। मशाल जुलुसमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दे आफूहरुको माग सम्बोधन नहुन्जेल कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिए ।
सविंधान शंसोधन नगरी चुनावको मिति घोषणा गर्ने सरकारको थारु र मधेशी बिरोधी चरित्र छर्लङ्ग भएको आन्दोलनमा सहभागी नेताहरुले बताए। जारी गरिएको संविधान प्रति आदिवासी जनजाती , थारु , दलित , मुस्लीम ,पिडित वर्गले असन्तुष्टी व्यक्त गर्दै आएको छ ।सविंधान संशोधन नभए सम्म तराई मधेशमा मोर्चाले कुनै पनि किसिमको निर्वाचन हुन नदिने बताए ।
चुनावको घोषण बिरोधमा बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी लगायत तराई मधेशका अधिंकाश जिल्लाहरुमा मशाल जुलुस प्रर्दशन गरिएको छ ।

थरुहट र संयुक्त मधेसी मोर्चाको आन्दोलनको बेलाको फोटोहरु






SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment