ट्रक दुर्घटनामा एघारको मृत्यु, ४२ जना घाइते



ट्रक दुर्घटनामा एघारको मृत्यु, ४२ जना घाइते





नयाँ दिल्ली (भारत), १४ चैत । भारतको मध्यप्रदेशमा करिव ६० जना कृषक लिएर हिडेको मिनिट्रक सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ११ जनाको मृत्युभएको प्रहरीले जनाएको छ। ट्रकमा यात्रारत ४२ जना घाइते भएका छन्. भने घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मध्यप्रदेशको राजधानी भोपालबाट ३१७ किलोमिटर जवालपुर– चारगाउँ सडक खण्डको पूर्व जवालपुर जिल्लामा भएको सडक दुर्घटनामा मृत्युभएको हुने प्रायः कृषि मजदूर रहेको प्रहरीले बताएको छ । सोमबार बिहान भएको उक्त घटनामा ११ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको दुर्घटना चालकको लापरवाहीकारण भएको प्रारम्भिक अनुसन्धानपछि उच्च प्रहरी अधिकारी एम. एस. सिकर्वानले बताउनुभयो । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको सिकर्वानले बताउनुभयो । चालकले उच्च गतिमा गाडी चलाएको र सडकमा गाडीले नियन्त्रण गुमाउदा दुर्घटना हुनपुगेको उहाँले जनाउनुभयो । घटनापछि चालक घटनास्थलबाट फरार रहेकाले उनको प्रहरीद्वारा खोजीकार्य जारी राखिएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment