कतारमा नेपाली युवतीको रहस्यमय मृत्यु, दश दिनदेखि शव यसरी अलपत्र RIP लेखि १ / १ सेहर गरि सव लाइ घरसम्म पुराइदिन सहयोग गर्नुहोला !


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgz03Rz5QcPOCElJpD-FOHSMWGSR_S8YapEUwtCFz-PC5lUWXM_kIN8AQoyT5y0mdVTVcgCDTmSAJ7juNTYwxvMt4qt3slPuAMS11nWMa580W9UPhjIazX_QreSAlhS6eXDxdl2Edz838HV/s640/
कतार ।

डेढ वर्षअघि कतार पुगेकी दोलखा, लापिलाङ गाविसकी विन्दु थामीको रहस्यम मृत्यु भएको छ । कतारमा एफएमएम कम्पनीमा क्लिनरको रूपमा काम गर्दै अाएकी उनको गत २४ गते रहस्यमय मृत्यु भएको थियो ।

विन्दु थामी काठमाडौँको धापासीमा रहेको एसओएस मेनपावर मार्फत कतार पुगेकी थिइन् । उनको शब अहिले त्यहाँको स्थानीय अस्पतालमा अलपत्र अवस्थामा छ । मृतकका भाइ गोविन्द थामीका अनुसार दीदीको शव नेपाल ल्याउन मेनपारसँग कुरा गर्दा कुनै वास्ता नगरेको बताएका छन्र ।

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तलामा उनलाई मृत अवस्थामा भेटिएको भन्दै कतारबाट अप्सरा रायमाझीले विन्दुको परिवालाई खबर गरेकी थिइन् । गोविन्दका अनुसार विन्दुसँग उनका साथीहरु सिन्धुपाल्चोककी सुशीला बुढाथोकी र अप्सरा रायमाझी सँगै बस्दै आएका थिए ।

उनको मृत्यु हुन भन्दा एक दिन अगाडि दोलखा सुशीला र विन्दुको बीचमा भएको अप्सराले बताएको भाइ गोविन्दले बताए । झगडा भएको भोलीपल्ट नै शव भेटिनु हत्या नै भएको भाइ गोविन्दले दाबी गरे ।

घटनाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ नभएको गोविन्दले बताए ।

कतारमै रहेका मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँगको विवाद नै हत्याको कारण भएको बताएका छन् ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment