सप्तरीको राजबिराजमा एमालेको कार्यक्रम भएको ठाउँमा गोलि चल्यो १ जनाको मृत्यु – थप बिवरण आउन बाँकि - See more at:

राजविराज २३ फागुन – सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा मुडा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर मलेठ–२, का सञ्जन महतोको मृत्यु भएको हो। टाउँकोमा गोली लागेका महतोको घटनास्थलमै मृत्यु भएको थियो। एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।
एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूहमा रहेका प्रदर्शनकारीले ठाउँ-ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । थप बिवरण आउन बाँकि

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment