भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती रोक्न सीमामा नेपाली सुरक्षाकर्मीको संख्या वृद्धि गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर खुला सीमा छ । त्यो सीमाको रक्षाका लागि भारतले सीमा क्षेत्रमा आफ्ना ४५ हजार एसएसबी परिचालन गरेको छ । एसएसबीले भारतको सीमा रक्षा गर्ने बहानामा नेपालीमाथि गोली वर्षाउनेदेखि सीमाना मिच्नेसम्मको हर्कत गर्दै आएको छ ।
हालै कञ्चनपुरको आनन्दनगरमा नेपाली युवक गोविन्द गौतमलाई एसएसबीले गोली हानी हत्या गरेपछि सुरक्षाको मामिला अझ संवेदनशील हुँदै आएको छ । सीमाविद श्रेष्ठ भन्छन्, ‘नेपाली सुरक्षा फौजको मनोबल उकास्न सेवा सुविधा, सुरक्षासम्बन्धी सामग्रीले सुसज्जीत पनि पार्नु पर्छ । एसएसबीको बन्दोवस्ती र सशस्त्रको वन्दोवस्ती हेर्दा पनि नेपाली पक्ष कमजोर देखिन्छ । यस्तो हुन हुँदैन ।’
नेपाली सेनाका पूर्वउपरथी डा. उमेशकुमार भट्टराईको मतमा भारतले एसएसबीलाई विशेषतः पाकिस्तानसँगको सीमा सुरक्षाका लागि तालिमप्राप्त बनाएको छ । तिनै एसएसबी नेपालसँगको सीमामा पनि बस्ने गर्छन् । पाकिस्तानसँग जस्तो व्यवहार एसएसबीले गर्छ, त्यही व्यवहार नेपालसँग पनि गर्छ । यति गर्न आवश्यक छैन । तर भइरहेको छ यस्तै ।
डा. भट्टराई भन्छन्, ‘नेपाल सरकारले देश र जनताको रक्षा गर्ने हो भने खुला सीमा बन्द गर्नुपर्छ । भारत र पाकिस्तानको जस्तो नभए पनि ठाउँ ठाउँमा इन्ट्री पोइन्ट राखेर बाँकी ठाउँमा काँडेतार मात्रै भए पनि लगाउनु पर्छ ।’
![]() |

0 comments:
Post a Comment