भारतिय नम्बरको ट्रकले बसलाई ठक्कर दिदाँ नवलपरासिमा चार नेपालिको मृत्यु , शेहर गरी रिप लेखौ ।
नवलपरासीको मध्यविन्दु–७ स्थित ४० किलो जंगलमा यात्रु बस र भारतीय नम्बरको ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।अन्य पाँच जना घाइते भएका छन् ।
पूर्व आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बस र सोही दिशामा रहेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक बिहान साढे २ बजे एकापसमा ठोक्किएका थिए । बसमा सवार चार जनाको घटनास्थलमै र ट्रक चालकको उद्धारका क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक भारत बिहार बर्गदवाका २५ वर्षीय रियाज खान तथा वसमा सवार दाङका १६ बर्षिय वलीराम चौधरी, १७ बर्षिय वीरवल चौधरी र सुर्खेतका ४० बर्षिय हरिराम जालीमगरको मृत्यु भएको हो । अर्का एक जनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइते पाँच जनाको कावासोतीस्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भइरहेको छ ।
![]() |

0 comments:
Post a Comment