खुशिको खबर अब विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्‍याइने सेयर गरेर सबैलाई जानकारी गराउ

खुशिको खबर अब विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्‍याइने सेयर गरेर सबैलाई जानकारी गराउ




काठमाडौं: हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्‍याउने भएको छ।

‘विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्‍याइन्छ,’ हुलाक विभागद्वारा यहाँ शुक्रबार आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भन्नुभयो,’हुलाकीमार्फत घरघरमा पैसा पुर्‍याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ।’

आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पुर्‍याइने छ। आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने निर्देशक अधिकारीले बताउनुभयो।

हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ। विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ। सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री कार्कीले हुलाक सेवाको पुनःसंरचना गर्दै सबै हुलाक कार्यालयलाई प्रविधियुक्त बनाउने मन्त्रालयको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो। रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment