पहिरोमा परी मृत्यु हुनेको संख्या ३सय १ पुग्यो,तीन सयभन्दा बढी अझै वेपत्ता



पहिरोमा परी मृत्यु हुनेको संख्या ३सय १ पुग्यो,तीन सयभन्दा बढी अझै वेपत्ता

कोलम्विया – कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ । गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ ।
उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ । बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी शिविरमा राखिएको छ ।
सरकारद्वारा दैवी प्रकोपका कारण ३०१ जनाको मृत्युभएको बताएपनि कोलम्वियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसले बुधबार ३१४ जना वेपत्ता भएको बताएका छन् । झन्डै ७० हजार जनसङ्ख्यामा भएको भोकोआमा बस्दै आएका करिव ४५ हजार मानिस उक्त विपद्का कारण प्रभावित बनेका यहाँको रेडक्रस सोसाइटीले जनाएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment