CA पढ्न भारत गयका ट्रेकिङ गर्ने क्रममा २ नेपाली बिद्यार्थीको मृत्यु , ३ जना अस्पातलमा भर्ना । सक्दो शेहर गरी परिवार सम्म पुराउन सहयोग गरौ ।
सीए बनेर आफ्नो सपना साकार गर्ने उद्देश्यका साथ दिल्ली आएका दुई सीए विद्यार्थी साथीहरुको हिमाचल क्षेत्रमा ट्रेकिंग गर्ने क्रममा हिमआँधीका कारण मृत्यु भएको सुन्दा अत्यन्त हामी नेपाली विद्यार्थी अत्यन्त मर्माहत भएका छौं । कसैलाई गुमाउनु, त्यसमाथी असामयीक मृत्युबाट गुमाउनु पर्दाको क्षण पीडादायी हुन्छ नै; आफ्ना आशा-भरोसाका रुपमा रहेका सन्तानहरुलाई कल्कलाउदो बैंशमा गुमाउनु पर्दा अभिभावकले भोग्नु पर्ने पिडा शब्दमा बयान गर्न सकिदैन । यस दुखद घडीमा विक्षिप्त अवस्थामा रहेका अभिभावक र आफन्तजनलाई धैर्यधारण गर्नका निम्ती इश्वरले शक्ती प्रदान गरुन् भनेर प्रार्थना गर्दछौं । साथै भविष्यमा यस्ता दुर्घटना बच्नका निम्ती हामी सबैले हिमाली क्षेत्रमा ट्रेकिंग जाँदा खेरि पर्याप्त पूर्वतयारी गर्न जरुरी छ । साथै मार्गदर्शक( गाईड) बिना उच्च हिमाली क्षेत्रमा ट्रेकिंग नजानु हुन पनि हामी हार्दिक अपिल गर्दछौं ।


![]() |


0 comments:
Post a Comment