फ्री WIFI लाई सलाम छ माओबादी: हामी चुनावपछी माओबादीलाई गुगलमा सर्च गर्नेछौँ !



फ्री WIFI लाई सलाम छ माओबादी: हामी चुनावपछी माओबादीलाई गुगलमा सर्च गर्नेछौँ !




यतिबेला माओबादीले अघी सारेको गाउँ गाउँमा फ्री वाईफाईको समर्थन र बिरोधले पुरै सामाजिक सञ्जाल तातेको छ। माओबादीले गाउँ गाउँमा फ्री वाईइफाईको कुरा जब ल्यायो त्यसपछी मान्छे तात्नु स्वभाबिक हो। देशको मेरुदण्ड जोशिला र पौरखी युवाहरु सबैलाई अवसर बिहिन बनाएर मेनपावर मार्फत बिदेशमा बेचेर खाने, गाउँघर शून्य पार्ने र आफु रेमिटेन्समा मख्ख पर्ने, गाउँमा लास उठाउने मान्छे सम्म पाउन मुस्किल बनाएर अब फेरि बाँकी रहेका केही टिन एजका भाइ बहिनीलाई समेत फ्री वाईफाई बाँडेर तिनलाई पनि बेकम्मा बनाउने यो कस्तो रणनिती हो ?

अवसर दिएर युवालाई देश बनाउन तिर लागाउने कि फ्री वाईफाई दिएर तिनलाई बराल्ने ? बिदेशिएका त बिदेशिएका भैहाले देशमा भएकाहरुलाई समेत बिगार्ने र जनतालाई भुलाएर राजनितीको नाटक मञ्चन गरेर जनता लुट्ने यो रणनिती निकै तुच्छ खालको छ । देश बिकाश किन हुन सकेको छैन माओबादीको यो काईदा बाट छर्लङ्ग हुन्छ । अचेल मान्छे हरुले प्रतीक्षा गर्नुपर्ने ठाउँमा फ्री वाईफाई राख्ने चलन छ किनकी मान्छेको समय सजिलै बितोस भनेर ।

होटेल, हस्पिटल, बसपार्क, बस, पार्क आदीमा वाई फाइ राखिन्छ । यसो हुँदा सबै नेट तिर भुल्छन अनि काम गर्न सजिलो हुन्छ भनेर । अब दिमाग लगाउँ फ्री वाईफाई के का लागि ? जनतालाई ब्यस्त बनाउन बराल्न होकि हैन ? यसको फाईदा के ? जनतालाई एकातिर भुल्याउने आफू देश लुट्ने बाहेकको अर्को दरिलो प्रमाण के छ ? यस्ता राजनितिक पार्टी भएको देशमा कहिले हुन्छ बिकाश ? जसरी हुन्छ आफू बन्ने मेलो बाहेक केही छैन यिनको खोपडीम । माओबदीलाई जनताको के मायाँ? हिजोको दिनमा एक ढिक्का बनेर हजारौँ मान्छे मारे, देश पुरै शोकमा डुबाए अब भागबण्डा मिलेन पार्टी फुटाए अनि आधा दर्जन बढी भएर जनतालाई रुवाउँंदैछन।

मानिसको आधारभुत आवश्यकता हो गाँस, बाँस, कपास । यी तीन पहिलो प्राथमिकतामा पर्छन । अनि त्यसपछी आउँछ शिक्षा, स्वास्थ्य, मनोरञ्जन, यौन ईत्यादी । हाम्रो देशका बहुसंख्यक जनसंख्या कुन अवस्थामा छ र कसरी जनताको अवस्था गुज्रीरेहेको छ यो कुरा त ऐना जस्तै छर्लङ्ग छ । तर यी अवस्थाको मध्यनजर नगरी भोकै जिवन काट्न बाध्य लाखौं जनताको खिल्ली उडाउँदै, नाङ्गै हिड्न बिवस गरिब गुरुवाको आँंसुमा पौडीँदै र भुकम्प पिडित लगायत ओत लाग्ने छानो समेत बिहिन लाखौँ जनताको सपनामाथी कुठाराघात गर्दै गाउँगाउँमा फ्री वाईफाईको नारा ल्याएर भोट माग्ने यो कस्तो काईदा हो माओबादीको ?

समाज कहाँ छ देश कहाँ छ ? जनता बिरामी पर्दा सिटामोल किन्न सक्ने अवस्थामा छैन । कर्णालीमा एक किलो चामलको लागि पूरा दिन बिताउनुपर्ने अवस्था छ । एक किलो नुनको लागि तिनसय रुपयाँ तिर्नुपर्छ । यी अत्यावश्यक बस्तुको शुलभतामा ध्यान कहिले जान्छ ? कि माओबादीको बुद्दी सँधै उल्टो घुम्छ ? जनताको माग सम्बोधन गर्ने कि कसरी लोकप्रीय भयिन्छ र भोट लुट्नुपर्छ भनेर खुरापाती दिमाग लगाउने ?

जलश्रोतको धनी देश तर स्वच्छ खानेपानीको अभावमा हरेक बर्ष कति जनताले ज्यान गुमाउनुपर्ने र कतिपय ठाउँमा त एक गाग्री पानी ल्याउन एक घण्टा पैदल यात्रा जानुपर्ने समेत बध्यता छ । यस्ता जनतालाई फ्री वाईफाई कि पानीको आवश्यकता हो ? बिद्यालयको अभावमा अशिक्षाकै कारण कति अन्धबिस्वास आज सम्म हट्न सकेको छैन । यस्ता जनतालाई वाईफाईको आवश्यकता होकी फ्री वाईफाईको ? जनता बिरामी पर्छन उपचार गर्न डोकोमा बोकेर हस्पीटल पुर्‍याउन नपाउँदै बिरामीको निको हुन्छ । बिरामीले सिटामोल सम्म खान पाउँदैन । त्यस्तो ठाउँमा फ्री वाईफाईको आवश्यकता होकी सडक निर्माणको ?

यतिबेला धेरैले माओबादीलाई ब्यङ्ग्य गरिरहेका छन चुनाव पछी माओबादीको पत्तासाफ हुन्छ । अहिले गाउँ गाउँमा फ्री वाईफाई बाँडे, जब माओबादी गुगलमा खोज्नुपर्ने अवस्थामा पुग्छ त्यसपछी जनतालाई गुगलमा भेट्न सजिलो पर्ने छ ।त्यसैले माओबादीले फ्री वाईफाई चुनाबी नारा बनाएको छ भनेर । प्रचण्ड सक्छौ भने तिम्रो सरकार भएकै बेलामा जनतालाइ फ्री वाइफाइ हैन स्वास्थ्य उपचार फ्री गर्न जोड देउ, हाम्रो देशमा कुल जनसंख्याको ८० प्रतिशत जनता कृषीमा आधारीत भएको भनेर भनिन्छ । सकिन्छ भने किसानलाई चाहिने उन्नत जातका बीउ बिजन, औषधि, मल, जल लगायतका सामाग्री सके फ्री नसके पनी सरकारले सर्व-शुलभ र सहज बनाओस ।

कृषीमा आधारीत देश नेपाल, पर्यटनमा आधारीत देश नेपाललाई अगाडि बढाउन यस संग सम्बन्धित कुराहरु अगाडि बढाए र फ्री गराए जनताको कति स्याबासी मिल्थ्यो होला ? देशले मुहार फेरेर देश कस्तो बन्थ्यो होला ? यहाँ त मात्र क्षणिक फाईदाको लागि, केही थान भोटको लागि युवालाई आकर्षीत गर्न यस्तो तुच्छ् नारा ल्याईएको छ । यसले दिर्घकालीन रुपमा देशको हित गर्दैन । हुन त माओबादीको सपोर्ट गर्ने बुद्दीजिबीले कालोलाई सेतो बनाउने दुष्प्रयास गर्नेछन।

हामीले बोलेका कुरालाई मिथ्या बनाउन हामिलाई पागलको संज्ञा दि सम्म सक्लान तर अब जनता जाग्नु आवश्यक छ । अब ठण्डी दिमाग लगाएर सोच्नु आवश्यक छ । पिसाबको न्यानोमा मख्ख नपरौँ। जनताले निर्णय गर्ने बेला स्थानिय चुनाव आउँदैछ । अब यस्तो असल नेत्रीत्व छनौट गरौँ कि आफैले भोट हालेर जिताएको नेतृत्वलाई चुनाव सकेको भोलिपल्ट बाट धारे हात लगाएर सराप्नु नपरोस। जय देश !!!

from nayabato
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment