माओवादीको घोषणापत्रः गाउँ-गाउँमा फ्री वाइफाई , जनता भन्छन दिने नै भए सबैलाई १ टा १ टा आईफोन पनि देउ नत्र नाटक नगर्दा हुन्छ अब हामी बेकुफ भइदैन ।



माओवादीको घोषणापत्रः गाउँ-गाउँमा फ्री वाइफाई , जनता भन्छन दिने नै भए सबैलाई १ टा १ टा आईफोन पनि देउ नत्र नाटक नगर्दा हुन्छ अब हामी बेकुफ भइदैन ।












१८ चैत, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले आगामी ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा तयार पारेको छ । प्रतिवद्धता पत्र नाम दिँदै तयार पारिएको घोषणापत्रको मस्यौदामा ‘सिंहदराबार केन्दि्रत जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पुर्‍याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔ’ भन्ने नारा दिइएको राजधानी दैनिकले लेखेको छ ।

माओवादी केन्द्रको चुनावी प्रतिवद्धतापत्रमा ठूला-ठूला आश्वासन भन्दा पनि गाउँ र नगर समृद्धि गर्न सके मात्र देश बन्न सक्ने जनाई स्थानीय तहलाई दरिलो बनाउने विषयलाई महत्व दिइएको छ । जसमा समावेशी लोकतन्त्रको जग नै स्थानीय तह भनेर उल्लेख गरिएको छ भने समृद्ध गाउँ/नगर निर्माण गर्नु नै समृद्ध नेपालको आधार भन्ने किटानी गरिएको छ ।





घोषणापत्रमा रोजगारीको सुनिश्चितता गर्ने, रोजगारको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ताको व्यवस्था गरिने, एकल महिला, ६० वर्ष उमेर पुगेकालाई निवृत्तिभरणको व्यवस्था गर्ने, प्रतिबद्धता जनाइएको छ ।

यस्तै श्रम बैंक, भूमि बैंक, गाउँ-गाउँमा फ्री वाइफाई, छात्राका लागि आत्मरक्षा गर्न शारीरिक शिक्षाको व्यवथा गर्ने, प्रतिवद्धता पनि जनाइएको छ ।

माओवादीले सार्वजनिक गर्न तयार पारिएको चुनावी प्रतिवद्धतापत्र अहिले आन्तरिकरुपमा पार्टीेको तल्ला कमिटीहरुमा सुझावका लागि पठाइएको छ ।

चुनावी प्रतिवद्धतापत्रमा जनसभहभागितामूलक समावेशी लोकतन्त्रको जग नै स्थानीय तह भन्ने उल्लेख छ । प्रेस तथा वाक स्वतन्त्रताको ग्यारेण्टी गरिने प्रतिवद्धता पनि जनाइएको छ । माओवादीले प्रतिवद्धतापत्रमा भूमिमाथि जोताहा किसानको स्वामित्वलाई सुनिश्चितता गर्ने र भूमि बैंकको व्यवस्था गर्ने प्रतिवद्धता पनि अघि सारेको छ ।

‘जमिनलाई अव्यवस्थित घरघडेरीलगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डीकरण गर्नलाई नियन्त्रण गरी जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनेछ, प्रतिवद्धता पत्रमा भनिएको छ, ‘भूमिलाई उत्पादनमूलक क्षेत्रमा केन्दि्रत गर्न भूमि बैंकको व्यवस्था गरिनेछ ।’

राजधानी दैनिकका अनुसार माओवादीले साना तथा गरिबीको रेखामुनि रहेका किसानका लागि सहुलियत ब्याजदरमा कृषि ऋणको व्यवस्था गर्ने र कृषि पेसालाई प्रोत्साहन गर्न किसान पेन्सनको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

२०७३ चैत १८ गते ७:०० मा प्रकाशित
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment