देशप्रेमी पार्टी एमाले रहेछ भन्दै पोखरामा एकैपटक ४००० भन्दा बढी एमालेमा प्रबेस । अरु दलका नेता हेरेको हेरेइ ।



देशप्रेमी पार्टी एमाले रहेछ भन्दै पोखरामा एकैपटक ४००० भन्दा बढी एमालेमा प्रबेस । अरु दलका नेता हेरेको हेरेइ ।






पोखरा, १८ चैत । नेकपा एमाले कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजित आमसभा विभिन्न पार्टी परित्याग गर्दै १३३७ जना एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस, माओबादी केन्द्र, राप्रपा, नेपाल परिवार दल, अखण्ड नेपाल पाटीलगायतबाट छन् ।

एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजराज अधिकारीका अनुसार पार्टी प्रवेशीहरुको नाम उच्चारण गर्नमै दुई घण्टा लागेको थियो । एमालेमा माओबादी केन्द्रका केन्द्रीय सदस्य रुपबहादुर कुमाल, अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य अनिरुद्र थापा, नेपाल परिवार दलका केन्द्रीय सदस्य ओम ओझा, नेपाल महिला संघका राधा भट्टराई, माओबादी केन्द्रका जिल्ला सदस्य भोजराज भुर्तेल प्रवेश गरेका छन् ।

त्यस्तै, स्वतन्त्र बुद्धिजीवीहरु डा.अनुप गुरुङ, डा. अनिल थापालगायत १ हजार ३ सय ३७ जना नेकपा एमालेमा प्रवेश भएका छन् । नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपीशर्मा ओलीले स्वागत गरे ।

नवप्रवेशीहरुको तर्फबाट बोल्दै रुपबहादुर कुमालले यसअघि आफू अलमलिएको बताए । उनले देश विकास गर्ने पार्टी भनेको एमालेनै भएकाले आफूले माओबादी केन्द्र त्यागेको बताए । नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा भएको बिशाल जनसभामा नवप्रवेशीहरुको ठूलो भीड हुँदा समय अभावमा धेरै नेताहरुले सम्बोधन गर्न पाएका थिएनन् । स्रोत- दैनिकनेपाल
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment