नेपालबाट सानो छोराले साउदीको जेलमा भएको बुवालाई सम्झिदै भन्यो- ‘बाबा कहिले आउनु हुन्छ ?’ (भिडियोसहित)

नेपालबाट सानो छोराले साउदीको जेलमा भएको बुवालाई सम्झिदै भन्यो- ‘बाबा कहिले आउनु हुन्छ ?’ (भिडियोसहित) धबाङ ५पेवा रोल्पाका दिल बहादुर घर्ती मगर बिगत केही महिना देखि साउदी अरबको जेल परेका छ्न । बिगत १४ महिना अघि काठमाडौमा रहेको डिस्ट्नी ओभरसिज प्रालि बाट साउदी अरबको मेजद इद दैबानी कन्ट्याक्टिङ कम्पनीमा कार्यरत घर्ती गत जेठ ३१ देखि सवारी दुर्घटना गराइ मान्छे मारेको अभियोगमा जेल परेका छन । र उनलाइ गत मंसिरमा साउदी अदालतको फैसला र मृतक परिवारको माग अनुसार घर्तिलाइ २ लाख पच्चीस हजार साउदी रियल (करिब ६३लाख नेपाली रुपैयाँ ) माग गरिएको छ । र घर्ती लाई ब्लड मनिको फैसला गरे पनि उनलाइ कतैबाट पनि तिर्न सक्ने अवस्था रहेन । घर्ती कार्यरत कम्पनी साथ छ न त मेनपावरको नै । घर्तीको घरमा बुढीआमा,बुढा बा,श्रीमती,र सानी छोरी नमुना घर्ती र एउटा काख कै सानो छोरा साइन्स घर्ती रहेका छन । घर्ती कि श्रीमती मनिका घर्ती मगर श्रीमानको उद्दारको लागि काठमाडौ बसेर विभिन्न निकायहरुमा उद्दारको लागि अपिल गर्दा पनि अहिले सम्म उद्दार हुन सकेको छैन । रुदै कराउदै पिडा काठमाडौमा पोखी रहेकी छिन । र अहिले रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त रोका मगरको संयोजकत्वमा १३ सदस्यीय उद्दार समिती गठन गरियको छ । उद्दार समिती तथा घर्ती कि श्रीमतीले सबैमा सहयोगको लागि समेत अपिल गरेकी छन । सहयोग लागि उनकी श्रीमती मनिका घर्ती मगरको नाममा सहयोगका लागि खाता न हरु “नेपाल रास्ट्र बैंक रोल्पा लिबाङ” को खाता न:०७६०११०६२९०७०८००००१ र बाणिज्य बैंक बालाजु काठमाडौको खाता न:११९००२६६१८१० रहेका छ्न । दुई वटा खाता समेत सन्चालन गरिएको छ । देश तथा बिदेशमा रहने सबैमा आ-आफ्नो सक्दो सहयोग गरिदिन समेत अपिल गरेकी छिन ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment