दाङमा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बेलुकी साडे पाँच बजे घोराही १ रावतगाउको झिंगुवामा चट्याङ लागेर रुकुम पीपल गाविस वडा नम्बर ६ घर भई हाल दाङको घोराहीमा डेरा गरी बस्ने २५ वर्षीया मनकुमारी नाथ केसी र उहाको छोरा २ वर्षीया प्रतिक नाथ केसीको मृत्यु भएको हो । घोराही बजार देखि माइत झिंगुवा तर्फ जाँदै गर्दा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।![]() |

0 comments:
Post a Comment