ट्रलीमा मोठरसाइकल ठोकिँदा तीन जनाको मृत्यु,,,,,,,,,,,,,,,





ट्रलीमा मोठरसाइकल ठोकिँदा तीन जनाको मृत्यु,,,,,,,,,,,,,,,
२०७३ चैत १३
पूर्व-पश्चिम राजमार्गअन्र्तगत कैलालीको चौमालामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा साढेपानीका प्रकाश चौधरी, हरिनारायण चौधरी, रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।
शनिबार साँझ भएको दुर्घटनापछि उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । रामलाल चौधरीको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारामा विगि्रएर रोकिराखेको लु ३ प ५०३२ नम्बरको ट्रलीसँग ठोकिएर दुर्घटना भएको थियो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment