युएईको अलऐन प्रान्तमा सवारी दुर्घटनामा परी नेपालीको निधन, शेहर गरी परिवार सम्म पुराउन सहयोग गर्नुहोला ।








संयुक्त अरब ईमिरेट्स (युएई)को अलऐन प्रान्तमा सवारी दुर्घटनामा परी नेपालीको निधन भएको छ । युनाईटेड सेक्युरिटी ग्रुप कम्पनी अलऐनमा कार्यरत कन्चनुपर दैजी २ बसन्त थलाका निराजन शाहीको गएको बिहीबार राति कार दुर्घटनामा परेर निधन भएको हो।




दुर्घटनामा परि अन्य २ जना समेत घाइते भएका छन्। घाइते ब्यक्तिहरु नेपाली नभई अन्य देशका नागरिक रहेको बुझिएको छ। उनीहरुको अहिले अलऐनमा रहेको अलजिमी अस्पतालमा उपचार भईरहेको छ। आफु संगै कार्यरत साथीहरुसँग नजिकैको सपिङ मलबाट कम्पनीको कोठामा फर्कर्ने क्रममा दुर्घटना भएको उनी कार्यरत युनाइटेड सेक्युरिटी ग्रुप कम्पनीले जानकारी दिएको छ।

दुर्घटनामा ज्यान गुमाएका शाहीको बुवाआमा, एक दिदी र भाइ हुनुहुन्छ। मृतक शाहीको सवलाई उनको गृहजिल्लाका सङठिक समुह ‘सुदूरपश्चिम सेवा समाज’ले सकेसम्म छिटो नेपाल पठाउने तयारी गरिरहेको समाजका अध्यक्ष चेतन थापाले जानकारी दिएका छन् ।

यहाँको सरकारको सबै कानुनी प्रक्रिया पूरा भए लगत्तै सवलाई नेपाल पठाईने ‘नेपाली दूतावास युएई’ले समेत जानकारी दिएको छ। परदेशमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको छ। बिदेशका ब्यस्त सडक, सवारीको तिब्र गति र नेपाली कामदारहरुलाई ट्राफिक नियमको उचित ज्ञान नहुनू सडक दुर्घटनाका प्रमुख कारण हुन्।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment