नेपाल सरकारले भारतको सिमानामा पर्खाल लाउछ भने दुबईमा बस्ने नेपालीले मात्र १ करोड ७२ लाख दिने घोषणा ,






हरि नेपाली-दुबई- हालसालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल (एसएसबी) द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल भारत सिमानामा तारबार लगाउनको लागी सरकारसँग माग गर्दै करोडौं रकम सहयोग गर्ने घोषणा गरेका छन ।

नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमा “सरकारले भारतीय सिमानमा वाल लगाउने निर्णय लियोस म मेरो ब्यक्तीगत तर्फबाट १ लाख सहयोग गर्ने बचन बद्धता गर्न चहान्छु तपाई नि ?” भनेर स्टाटस राखेसंगै सहयोगको घोषणा गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बृद्धि भएको छ ।

आर्थिक सहयोगको घोषणा गर्ने क्रममा ई. हिमाल गिरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटा, बरिष्ठ समाजसेवी डि।एल शर्मा लागायतले एक महिनाको तलब दिने घोषणा गरेका छन भने धेरै जनाले एक महिनाको जनश्रमदान सहित आफुले सक्दो आर्थिक सहयोग गर्ने बचनबद्धता ब्यक्त गरेका छन ।

साथै नेपाली जनप्रगतिशील मञ्च युएईले आफ्ना कार्यकर्ताहरुबाट संकलन गरि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । मन्चका अध्यक्ष पौडेलको स्टाटसमा मात्र सहयोगको घोषणा गरिएको रकम १७ करोड रुपैया पुगेको छ ।

युएईका हेमन्त पौडेलले मात्र नभई विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले समेत अलग अलग रुपमा सामाजिक संजालमा आर्थिक सहयोग तथा जनश्रमदान घोषणा गर्नेको संख्या उल्लेखनीय छ । जसलाई एकीकृत गर्ने हो भने नेपाल भारत सिमानामा तारबार गर्नको लागि विदेशबाट मात्रै अरबौ आर्थिक सहयोग उठ्ने सम्भावना देखिएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment