ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । “ पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण बसन्त ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७३ साल चैत्र २६ गते शनिवार नेपाल सम्बत ११३७ चौलाथ्व, सन् २०१७ अप्रिल ८ तारिक शुक्लपक्ष द्वादशी तिथि पूर्वान्ह ९ वजेर ५७ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र राती १ वजेर ७ मिनेटसम्म, गण्डयोग, बालवकरण, आनन्दादियोग लुम्ब, सूर्य मीन राशीमा,चन्द्रमा सिंह राशीमा ।
आजको बारवेला,शुभ साईत
सूर्योदयबाट विहान ७÷२३ वजेसम्म काल वेला,७÷२३ देखि ८÷५७ वजेसम्म शुभ वेला, ८÷५७ देखि १०÷३२ वजेसम्म रोग वेला,१०÷३२ देखि १२÷६ वजेसम्म उद्वेग वेला,१२÷६ देखि १÷४० वजेसम्म चर वेला,१÷४० देखि ३÷१५ वजेसम्म लाभ वेला, ३÷१५ देखि ४÷४९ वजेसम्म अमृत वेला र ४÷४९ देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।
नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ।
मेषः– शान्त,धैर्य र लगनशिल भई काम गर्नु होला । अस्थिरताले अनिष्ट निम्त्याउने छ । आफ्नो निर्णयले अरुलाई फाइदा पुग्न सक्छ । नोकरी तथा राजनीतिमा कम सफलता मिल्ने छ ।
वृषः– धेरै विश्वासमा परेर काम नगर्नु होला । समयमा कार्य सम्पादन गर्न गाह्रो पर्ला । काम गरेर उल्टो आलोचना सहनु पर्ला । अहार विहारमा ध्यान दिन नसके स्वास्थ्य कमजोर बन्नेछ ।
मिथुनः– दिन सामान्यतया अनुकुल देखिन्छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । कुनै काम गर्नु छ भने समयलाई पूर्ण उपयोग गर्नु होला ढिलो सुस्ति गर्दा आफैलाई घाटा हुनेछ ।
कर्कटः–दिन त्यति अनुकुल देखिदैन । आफ्नो कुरा सकेसम्म अरुलाई नफुत्काउनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनु होला । कसैलाई धन दिनु भनेको गुमाउनु भन्ने सम्झनु होला ।
सिंहः–शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । अरुका कुरालाई लिएर समय खेर नफाल्नु होला । भोज भतेरको अवसर प्राप्त हुन सक्ने कुरालाई नकार्न सकिन्न ।
कन्याः– समयले साथ दिएको देखिदैन,जबरजस्ति कुनै पनि काममा हात नहाल्नु होला ठुलो क्षति हुन सक्छ । व्यापार व्यवसायबाट हानी नोक्सानी उठाउनु पर्ला । अनावस्यक खर्च बढ्ने छ ।
तुलाः– कुनै काम गर्नु छ भने गरिहाल्नु होला,साच्ने काम नगर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईने छ ।
वृश्चिकः– भाग्यले साथ दिदा अधुरा रहेका धेरै काम बन्ने छन् । काम गरेर नाम कमाउने मात्र होईन दाम कमाउने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनुः– अनावस्यक काममा समय र धन लगानी हुनेछ । अरुको विषयमा टाउको नदुखाउनु होला । आफ्ना काम धेरै अधुरा रहन सक्छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।
मकरः– आफ्नो धन अरुका लागि खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । काम अवरुद्ध हुनेछन् ।
कुम्भः– मिलेर होइन एक्लै गरेका काम सफल हुने छन् । स्वतन्त्र व्यापार व्यवसाय बाट मुनाफा लिन सकिनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । जवर जस्तिको यात्रा हुनसक्छ ।
मिनः– कार्य सम्पादन गर्न धेरै मेहनत गर्नु पर्नेछ । गोपनियता भङ्ग गरेमा दुःख पाईनेछ । काम गर्दा शत्रुको पनि सामना गर्नु पर्नेछ । श्रम खर्च गरे अनुसारको प्रतिफल भने मिल्नेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।“
– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com
![]() |

0 comments:
Post a Comment